Home मुख्य समाचार मकवानपुरबाट निर्वाचित सिंह पूर्वाधार विकास समितिको सभापति बन्नुहुँदै

मकवानपुरबाट निर्वाचित सिंह पूर्वाधार विकास समितिको सभापति बन्नुहुँदै

आइतबार संघीय संसदको पूर्वाधार विकास समितिको सभापति पदमा उम्मेदवारी दर्ता गराउनुहुँदै दीपक बहादुर सिंह । तस्वीरः अनलाइनखबर ।

हेटौँडाः मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित दीपक बहादुर सिंह संसदको पूर्वाधार विकास समितिको सभापति बन्दै हुनुहुन्छ । दलहरुबीच समितिको नेतृत्वको विषयमा भागबण्डामा गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भागमा परेको थियो । राप्रपाले मकवानपुरबाट निर्वाचित सिंहलाई सभापतिको उम्मेदवार बनाएको हो ।

दलहरुबीच संसदीय समितिको नेतृत्वमा पूर्वसहमति भएकोले सिंह पूर्वाधार विकास समितिको सभापति बन्नुहुने निश्चित जस्तै छ । प्रतिनिधिसभा सदस्य निर्वाचन भएको नौं महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा अनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो । माओवादीका माधव सापकोटा सिंहको प्रस्तावक बन्नुभएको छ ।

Exit mobile version