Home मुख्य समाचार त्रिशुली नदीले बगाउँदा दुई जना बेपत्ता

त्रिशुली नदीले बगाउँदा दुई जना बेपत्ता

साङ्केतिक तस्विर

हेटौँडाः चितवनको भरतपुर महानगरपालिका–२९, गाईघाटस्थित त्रिशुली नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । शनिबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा त्रिशुली नदी किनारमा भरतपुरबाट पिकनिक खान गएका उनीहरुलाई नदीले बगाउँदा बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–१०, सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र ३० वर्षीय प्रवीन श्रेष्ठ रहेका छन् । दुवै जनालाई मुख धुने क्रममा नदीले बगाएर बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुगेडीबाट प्रहरी हवल्दारको टोली, जिल्ला प्रहरी कार्यालय र विपदसहित–१६ जनाको प्रहरी टोली खटिएको थियो ।

Exit mobile version