पत्रकार सम्मेलनको क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः हेटौंडामा साढे २ करोड लगानीमा शुक्रबारबाट हेटौंडा फन सञ्चालनमा आउने भएको । हेटौंडा–२ मा हेटौैंडा फन सञ्चालनमा आउने सञ्चालक रमेश सापकोटाले बिहीबार पत्रकार सम्मेलन गर्दै जनाकारी दिनुभयो ।

सापकोटा, युवराज भण्डारी र जागृत चौंरेलको साझेदारीमा हेटौैंडा फन सञ्चालनमा आउने भएको हो । हेटौंडा फनमा पौडी पोखरी, रेष्टुरेन्ट, स्केटिङ र कार्यक्रमका लागि हलसमेतको मनोरञ्जन स्थलको व्यवस्था रहेको बताइएको छ ।

साढे ३ कठ्ठा जग्गामा निर्माण भएको हेटौंडा फनमा ३ वर्षको बालकदेखि माथिका मानिसका लागि स्विमिङ पुलको व्यवस्था रहेको छ । हाल हेटौंडा फनमा १२ जना कार्मचारीलाई रोजगारी दिएको र २० जनालाई रोजगारी दिन सकिने सापकोटाले बताउनुभयो । हेटौंडा बजार एरियामा स्विमिङका लागि उपयुक्त स्थान नभएकाले आफूहरुले हेटौंडा फन सञ्चालनमा ल्याएको उहा“को भनाइ छ ।