हेटौंडाः नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठको सचिवालय उद्घाटन भएको छ । बिहीबार नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वजलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सचिवालयको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बागमती प्रदेशको राजधानी बनाउन आफूहरुले ठूलो योगदान रहेको सह–महामन्त्री डिनाले बताउनुभयो । मकवानपुरको विकासमा कांग्रेसका मन्त्रीहरुले आफू तयार रहेको प्रतिबद्घता व्यक्त गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
हिजोको दिनमा पनि बागमती प्रदेश रहेको, तर हिजोको दिनमा भन्दा अहिले विकासको योजना र बजेट परेको उहाँको भनाइ छ । जनताको बुझाई आफूले हारेको ठाउँमा बजेट नपर्ने हो कि भन्दा आफूले चुनाव र जनताबाट हारेको तर पार्टीबाट नहारेको हुनाले मकवानपुरको विकासका लागि आफू सदैब लागिपरेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी, खानेपानी, ऊर्जा तथा सिचाईमन्त्री तीर्थबहादुर लामा, उद्योग तथा सामान्य प्रशासनमन्त्री रामकृष्ण चित्रकार, प्रदेशसभा सदस्य बिनु रायमाझी, नेपाली कांग्रेसका बागमती प्रदेश सदस्य प्रदीप कोइराला, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णकुमार गुप्ता, नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, मकवानपुर जिल्ला सचिव इश्वर पाठक, हेटौंडा नगर सभापति उत्सव ईटेनी र नेपाल तरुण दल केन्द्रीय सदस्य सुनिल दाहाल, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य उमेश स्याङ्तानलगायत विभिन्न भातृ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।