हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको ९ हजार ५ सय ९२ दशमलव ८१ हेक्टर खेतियोग्य जमिन रहेको छ । ती जमिन मध्ये कृषकले कति क्षेत्रफल खेती गर्दै आएको छ भन्ने विवरण भने हेटौँडा उपमहानगरसँग छैन । उपमहानगर क्षेत्रभित्र ९० प्रतिशत धान रोपेर सकेको तर कति हेक्टर क्षेत्रफल जमिनमा यसपालि धान खेती भयो भन्ने तथ्याङ्क नभएको हेटौँडा उपमहानगरपालिकाको कृषि शाखाकी अधिकृत गंगा कुमारी चौलागाईंले बताउनुभयो ।
चौलागाईंका अनुसार हेटांँडा उपमहानगरपालिकाले किसानलाई बीउ अनुदान, घाँसको बीउ वितरण, उत्पादकत्व वृद्धिका लागि प्रविधि, सिँचाई, विषादी वितरण, प्राविधिक सेवामा अनुदान दिँदै आएको छ । उपमहानगरपालिकाले कृषि उपजका लागि चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ४ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आवश्यक माग बमोजिम पर्याप्त मल किसाानलाई पुर्याउन नसकेको चौलागाईंले बताउनुभयो ।
यसैगरी अहिलेको समयमा उन्नत जातको बीउ रोज्दा मकैको सिपिआरसिआर, राम धान, राधा–४, जातको बीउ उपयुक्त रहेको छ । आलुको डेजीरे र जनकदेव जातको बीउ १२, १३, १४, १६ र १७ नम्बर वडामा लेडी जातको मेवा खेती गर्दै आइरहेको छ । ड्राइगन फ्रुट रातो र सेतो जातको लगाउँदा राम्रो र उपयुक्त हुने उहाँ बताउनुहुन्छ ।
हेटौँडा उपमहानगरपालिकाले जङ्गल ४५ दशमलव ८८ प्रतिशत (१२००२.४० हेक्टर), कृषि क्षेत्रले ३६ दशमलव ६७ प्रतिशत (९५९२.८१ हेक्टर), आवासीय क्षेत्र ८.०८ प्रतिशत, नदीखोला ५ प्रतिशत (२११४.६५ हेक्टर), सार्वजनिक क्षेत्र २.२४ प्रतिशत (५८४.७१ हेक्टर), औद्योगिक क्षेत्र १.७५ प्रतिशत (४४५७.१७ हेक्टर), व्यावसायिक क्षेत्र ०.१६ प्रतिशत (४२.९६ हेक्टर), साँस्कृतिक ०.०९ प्रतिशत (२४.४३ हेक्टर), खनिज ०.०१ प्रतिशत (३.११ हेक्टर), र अन्य ०.१२ प्रतिशत (३०.३९ हेक्टर) भुभाग ओगटेको छ ।