हेटौँडाः ९१ औँ तामाङ पहिचान दिवसको अवसरमा मकवानपुरमा विभिन्न व्यक्तिलाई समान गरिएको छ । बुधबार नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले सम्मान तथा अन्तरक्रियाको आयोजना गरेको हो ।
जिल्लामा २०७९ सालमा निर्वाचित तामाङ जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । घेदुङ जिल्ला अध्यक्ष कालु घलानको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ संघीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय तहमा निर्वाचित तामाङ जनप्रतिनिधिहरुको भूमिका र गाउँ, नगर, जिल्ला सभा सञ्चालन कार्यविधिसम्बन्धी ऐनका विषयमा अधिवक्ता अमृत कुमार लामाले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा घेदुङ संघीय उपमहासचिव जगतमान दोङ, बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामा लगायतकाको उपस्थिति रहेको थियो ।