जिल्ला प्रहरी कार्यालय मकवानपुर ।

हेटौँडाः भन्सार छलेर ल्याएको ७० पिस कट्टु मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चौकीले ७० पिस कट्टुसहित अन्य लत्ताकपडा नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी वरिष्ठ नायव निरीक्षक मञ्जु कुमारी रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बा ४ ख २१९१ नम्बरको बसको सुरक्षाजाँच गर्ने क्रममा ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो । प्रहरीले गन्जी २० पिस, कुर्ता ३३ पिस, सुरुवाल १२ पिस, रेनकोट २१ सेट र टिसर्ट १५ पिस नियन्त्रणमा लिएको छ ।

यस्तै प्रहरीले बुधबार राती ९ बजेर ५० मिनेटको समया हेटौँडा–१५, रातोमाटेबाटै प्रहरीले ३० हजार रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ । बीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको बा ४ ख ७०६८ नम्बरको बसमा सुरक्षाजाँच गर्दा ३० सेट कुर्ता सुरुवात नियन्त्रणमा लिएको छ ।