हेटौँडाः २४ घण्टाको अवधिमा मकवानपुर जिल्लामा ८ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार डेङ्गु संक्रमित ८ जना मध्ये ४ जना हेटौँडा उपमहानगरपालिकाभित्रका बासिन्दा रहेका छन् भने २ जना मनहरी गाउँपालिका र २ जना भीमफेदी गाउँपालिकाका रहेका छन् ।
मकवानपुरमा साउन महिनामा १ सय ७० जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । डेङ्गु संक्रमण पुष्टि भएकामध्ये १ सय १९ जना हेटौँडा उपमहानगरपालिकाभित्रका छन् । हेटौँडा उपमहानगरपालिकाभित्र साउन महिनामा ५७ जना पुरुष र ६२ जना महिलामा डेङ्गु देखिएको छ । यस्तै, हेटौँडा अस्पतालमा शुक्रबार ४७ जनाले डेङ्गु जाँच गराएका छन् । जाँच गराएका ४७ जनामध्ये ३ जनामा डेङ्गु देखिएको छ । २ महिला र १ पुरुमा डेङ्गु देखिएकोे हेटौँडा अस्पतालका प्रयोगशाला प्राविधिक राजकुमार शर्माले जानकारी दिनुभयो ।