हेटौंडाः आइतबार दिउँसो सार्वजनिक भएको विवरणअनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १२ जनामा डेंगु पुष्टि भएको छ । डेंगु पुुष्टि हुनेमा ११ जना हेटौंडा उपमहानगरपालिका रहेका छन् भने एक जना मकवानपुरगढी गाउँपालिकाका छन् ।
मकवानपुरमा साउन महिना सुरु भएदेखि आइतबारसम्म १ सय १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये हेटौंडाका मात्र ७० जना रहेका छन् । हेटौंडा उपमहानगरपालिकाभित्र साउन महिनामा ३८ पुरुष र ३२ महिलामा डेंगु देखिएको स्वास्थ्य अधिकारी नवदीप सिलवालले जानकारी दिनुभयो ।
साथै, हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा ३६ जनाले डेंगु जाँच गराएका हुन् । डेंगु जाँच गराएका ३६ जनामध्ये ३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालमा डेंगु देखिएका तीनै जना महिला रहेको हेटौंडा अस्पतालका प्रयोगशाला प्राविधिक राजकुमार शर्माले जानकारी दिनुभयो ।