फाइल तस्विर ।

हेटौंडाः हेटौँडाको थोक बजारमा तरकारीको मूल्य स्थिर रहेको छ । गोलभेँडा थोक मूल्य प्रतिकेजी १ सय १० रुपैयाँदेखि १ सय १५ रुपैयाँसम्म, काउली प्रतिकेजी ३५ रुपैयाँ, लोकल काँक्रो प्रतिकेजी ३५ रुपैयाँ, हाइव्रेड काँक्रो प्रतिकेजी २० रुपैयाँ, भिन्डी प्रतिकेजी ३० रुपैयाँ, बन्दा १० रुपैयाँ, करेला प्रतिकेजी ४० रुपैयाँ, भन्टा प्रतिकेजी ३५ रुपैयाँ, बोडी प्रतिकेजी ४५ रुपैयाँ, लौका प्रतिकेजी ४० रुपैयाँ र मुला प्रतिकेजी ३५ रुपैयाँमा बिक्री भइरहेको छ ।

हेटौंडा–१, राप्तीबगरस्थित थोक तरकारी व्यवसायी रामकाजी पाठकले काउलीको मूल्य घटेको जानकारी दिनुभयो । २० दिन अगाडि काउली प्रतिकेजी ७० रुपैयाँमा बिक्री भइरहेको थियो । पाठकका अनुसार लौका, भिन्डी, करेला, बोडी, मुला, चिचिण्डा, भन्टा लगायतका तरकारी हटिया, बुढीचौर र काउली, बन्दा, काक्रो दैनिकरुपमा किसानले बजार पठाउँछन् भने केही दिन अगाडि उत्पादित गोलभेँडा सकेर काठमाडौँबाट आयात गरिरहेको छ । अहिले भने छिटपुटरुपमा मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरबाट किसानले पठाउने गरेपनि काठमाडौँको गोलभेंडाको भरमा रहेको पाठक बताउनुहुन्छ ।

यसैगरी खुद्रा बजारमा तरकारीको मूल्य घटेको छैन । गोलभेँडा प्रतिकेजी १ सय ३० रुपैयाँदेखि १ सय ५० रुपैयाँ, काउली प्रतिकेजी ९० रुपैयाँ, बोडी प्रतिकेजी ६० रुपैयाँ, मुला प्रतिकेजी ५० रुपैयाँ, काक्रो प्रतिकेजी ४० रुपैयाँ, लौका प्रतिकेजी ५० रुपैयाँ, करेला प्रतिकेजी ५० रुपैयाँ, बन्दा प्रतिकेजी ३० रुपैयाँ, भिन्डी प्रतिकेजी ५० रुपैयाँ, चिचिण्डा प्रतिकेजी ४० रुपैयाँ, गाजर प्रतिकेजी १ सय २० रुपैयाँ र खुर्सानी प्रतिकेजी १ सय ४० रुपैयाँमा बिक्री भइरहेको खुद्रा व्यवसायी सुदीप बनियाँले बताउनुभयो ।