हेटौंडाः २०७२ सालको भूकम्पले चर्किएको घर मर्मत गर्न लाग्दा गारोले थिचिएर हेटौंडा–११, शान्तिचोकमा एकजनाको मृत्यु भएको छ । गारोले थिचिएर ३५ वर्षीय अशोक विकको मृत्यु भएको हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा सदस्य रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
भूकम्पले चर्किएको घर मर्मत गर्न भनेर लाग्दा बिहिबार दिउँसो १२ बजेको समयमा ब्लकको गारो भत्किएर विकलाई थिचेको वडा सदस्य न्यौपानेले जानकारी दिनुभयो । गारोले थिचिएर गम्भीर घाइते भएका अशोक विकको हेटौंडास्थित चुरेहिल अस्पताल पुर्याउँदा अस्पतालले मृत घोषणा गरिएको वडा सदस्य न्यौपानेले बताउनुभयो ।