नियमित पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा ।

हेटौंडाः नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार नाघेको छ । नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप १५६ जना नयाँ संक्रमित पहिचान भएसँगै कुल संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिनुभयो । संक्रमित मध्ये ९४० जना पुरुष र १०२ जना महिला छन् ।

संक्रमित मध्ये १८७ जना स्वस्थ्य भइसकेका छन् भने ५ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरस संक्रमित पहिचान भएको जिल्ला ५१ पुगेको छ । देशका सात प्रदेश मध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ मा ४१५ र सबैभन्दा कम गण्डकी प्रदेशमा १७ जना संक्रमित छन् । बागमती प्रदेशमा भने ४४ जना संक्रमित छन् ।