हेटौँडाः वर्षासँगै आएको पहिरोको कारण सोमबार रातिदेखि अवरुद्ध भएको कान्तिलोकपथ पहिरो पन्छापछि खुलेको छ । सोमबार राति ९ बजेको समयमा मकवानपुरको बकैया–११, लामराङमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।

रातीको समयमा पहिरो हटाउन सम्भव नभएपछि मंगलबार बिहानदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो । मंगलबार दिउँसो २ बजेर २० मिनेटको समयमा पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौं जोड्ने छोटो दुरीको सडक हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी बिहान खुलेको थियो । पहिरो पन्छाउने काम सकिएपछि मकवानपुरका अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।