हेटौंडाः अविरल वर्षासँगै आएको बाढीले गर्दा मकवानपुरको बागमती गाउँपालिका र सिन्धुली जोड्ने धरानचतरा सडकखण्ड अवरुद्ध भएको छ । मंगलबार बिहान बागमती नदीको वहाबले उक्त सडकखण्ड भत्किएसँगै अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार हाल उक्त सडकखण्ड एकतर्फी रुपमा मात्र सञ्चालन भइरहेको छ । सडक एकतर्फी सञ्चालन गरेपनि ठुला सवारी साधनहरु आवतजावतमा भने समस्या भएको जनाएको छ । बागमती–४, स्थित बस्तीमा पनि नदी पस्दा ६ घर डुबानमा परेको छ । घर डुबनमा पर्दा धनजनको क्षति भने भएको छैन ।