गुगल फोटो ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–७, पेन्चेबाट लागुऔषध गाँजासहित प्रहरीले श्रीमान श्रीमतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–८, का ३० वर्षीय तुल बहादुर रुम्बा र रुम्बाको श्रीमती निर कुमारी मोक्तान रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार भित्रि सडक खण्ड अन्तर्गत प्रहरीले अटोमा चढ्नको लागि उभि रहेको अवस्थामा उनिहरुलाई सुरक्षा जाँच गर्दा उनिहरुको साथबाट ११ किलो लागुऔषध गाँजा फेला पारेको थियो । लागुऔषध गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।