पृतनापति ट्रफीको सेनाका उच्च अधिकारी र अतिथिसहित सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः भारी वर्षाका कारण भीमफेदी गाउँपालिका–१, सुपारेटारस्थित मध्यपृतना हेटक्वार्टरमा जारी पृतनापति ट्रफी २०८० अन्तर्गत सोमबार दिउँसो तय भएका खेल प्रभावित भएको छ । सोमबार बिहान नयाँ सबुज गण र जबरजंग गणबीचको भलिबल खेल सम्भव भए पनि साँझको खेल भने वर्षाका कारण प्रभावित भयो ।

सोमबार बिहान जबरजंग गणले नयाँ सबुजलाई ३–१ को सेटमा पराजित ग¥यो । यस्तै साँझ गोरखबहादुर गण र शिवदल गणबीचको खेल भने वर्षाले प्रभावित भएको मेजर नीरकुमार कार्कीले जानकारी दिनुभएको छ । यस्तै सोमबारदेखि बास्केट बलअन्तर्गतका प्रतिस्पर्धा पनि सुरु भएको छ । बास्केटबलको पहिलो खेलमा गोरखबहादुर गणले जबरजंग गणलाई ५९–२३ अंकसहित फराकिलो जीत दर्ता ग¥यो । सोमबार बिहानै भएको दोस्रो खेलमा शिवदल गणले नयाँ सबुज गणलाई ५८–२५ अंकको फराकिलो अन्तरले पराजित गरेको छ ।

सोमबार दिउँसोका लागि तय भएका अन्य खेलहरु भने वर्षाका कारण प्रभावित भएको बताइएको छ । शुक्रबारदेखि सुरु भएको पृतनापति ट्रफी बिहिबार सकिनेछ । पृतनापति ट्रफीमा ७ वटा विभिन्न खेल तथा ३ वटा प्रदर्शनात्मक खेलको आयोजना गरिएको छ । पृतनापति ट्रफीमा सहभागी मध्येबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रधानसेनापति ट्रफीमा सहभागी गराइनेछ ।