हेटौँडाः हेटौँडामा काउलीको थोक मूल्य प्रतिकेजी ६० रुपैयाँ पुगेको छ । काउलीको उपभोक्ता मूल्य भने प्रतिकेजी ८० रुपैयाँदेखि १ सय २० रुपैयाँ रहेकोे छ । हेटौँडा–१, राप्तीबगरस्थित तरकारी व्यवसायी रोहित मानन्धरले काउलीको मूल्य स्थिर रहेको जानकारी दिनुभयो ।

काउली करिब १५ दिन अगाडि उपभोक्ता मूल्य प्रतिकेजी १ सय २० रुपैयाँमा बिक्री भइरेको थियो । काउली मकवापुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरबाट किसानले पठाउँछन् । मकवानपुरमा उत्पादित काउली मकवानपुर जिल्लासँगै जिल्ला बाहिर पनि निर्यात हुँदै आइरहेको मानन्धरले जानकारी दिनुभयो । काउली, बन्दा मकवानपुरको थाहा नगरपालिका उपयुक्त ठाउँ रहेकोले विशेषगरी त्यहाँबाट ल्याउने गरेको छ । यसैगरी तरकारीहरु बन्दा प्रतिकेजी ३०, लौका प्रतिकेजी ३०, चिचिन्डा प्रतिकेजी ४०, मुला प्रतिकेजी ५० र भिन्डी प्रतिकेजी ४० रुपैयाँमा बिक्री भइरहेको छ ।