पृतनापति ट्रफीको सेनाका उच्च अधिकारी र अतिथिसहित सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–१, सुपारेटारस्थित नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरमा पृतनापति ट्रफी खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रबार एक समारोहकाबीच प्रतियोगिता उद्घाटन कार्यक्रम भएको छ ।

बिहिबारसम्म सञ्चालन हुने प्रतियोगितामा बक्सिङ, तेक्वान्दो, स्वीमिङ, एथलेटिक्स, कराँते, जुडो, फुटबल, भलिबल, बास्केटबल र सुटआउट गरी १० विधाका खेलहरु हुने मेजर नीर कुमार कार्कीले जानकारी दिनुभयो । पृतनापति ट्रफीपछि प्रधानसेनापति ट्रफी प्रतियोगिता हुने उहाँले जानकारी दिनुभएको छ । प्रधानसेनापति ट्रफी आगामी असोज महिनामा हुनेछ । पृतनापति ट्रफीमा मध्यपृतनामातहत रहेका नेपाली सेनाको राट्रिय निकुञ्जका गणबाहेक ५ जिल्लामा रहेका ४ गणका खेलाडीको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीसहित विभिन्न खेलकुद संघको मकवानपुर जिल्ला अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।