गुगल तस्बिर ।

हेटौँडाः २४ घण्टाको अवधिमा मकवानपुर जिल्लामा ६ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । बिहिबार दिउँसो स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार हेटौँडा उपमहानगरपालिकाका ४ जना, मकवानपुरगढी गाउँपालिकाका १ र बकैया गाउँपालिकाका १ जना गरी ६ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।

साउन १ गते यता १७ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । हेटौँडा उपमहानगर क्षेत्रमा साउन महिनामा १२ जनामा डेङ्गु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सार्वजनिक स्वास्थ्य अधिकारी नवदीप सिलवालले जानकारी दिनुभयो । मकवानपुरमा गत वर्ष ५ हजार ८ सय ८० जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो ।