हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको हेटौंडा नगर समितिले वडा प्रहरी कार्यालय हेटौंडालाई सर्जिकल मास्क, ग्लोव्स र सेनिटाइजर सहयोग गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी लकडाउनको पालना गर्न, गराउन खटिने प्रहरीको स्वास्थ्य सुरक्षाका दृष्टिकोणले आवश्यक सामग्री सहयोग गरिएको संगठनका अध्यक्ष भृगु कार्कीले जानकारी दिनुभयो । आज बुधबार अध्यक्ष कार्कीले वडा प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी भण्डारीलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।