हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविमा प्रथम त्रैमासिक परीक्षा दिँदै विद्यार्थी । फाईल तस्विर ।

हेटौंडाः हेटौंडा उपमहानगरभित्र रहेका ३१ वटा सामुदायिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सकिएको छ । गत साउन ९ गते मंगलबारदेखि एकसाथ सुरु भएको प्रथम त्रैमासिक परीक्षा मंगलबार सकिएको हो ।

नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले तयार पारेको प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरेका विद्यालयहरुको त्रैमासिक परीक्षा सकिएको छ । समितिले ४ कक्षादेखि १० कक्षासम्मको प्रश्नपत्र तयार गरी विद्यालयहरुलाई उपलब्ध गराएको थियो । प्रथम त्रैमासिक परीक्षामा समितिको प्रश्नपत्रबाट करिब ५ हजार विद्यार्थीले परीक्षा दिएको समितिका अध्यक्ष सागर खतिवडाले बताउनुभयो ।

परीक्षा सकिएसँगै बुधबारदेखि भदौ १ गतेसम्म विद्यालय बन्द रहनेछ । गत साउन २ गतेदेखि केही सामुदायिक विद्यालयले सुरु गरेको परीक्षा भने यसअघि नै सकिइसकेको छ । ती विद्यालयहरुमा भने अहिले वर्षे बिदा भइरहेको छ ।