उपमहानगरपालिकाले कार्यालय बन्द रहने जानकारीका लागि प्रकाशित गरेको सूचना ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको सेवा मंगलबार बन्द रहने भएको छ । उपमहानगरपालिकाको सवारी चालक सञ्जु लोप्चनको निधनको शोकमा मंगलबार एकदिन उपमहानगरपालिकाको कार्यालयको काम बन्द रहने जानकारी गराएको छ ।

उपमहानगरपालिकाको प्रशासन महाशाखाकी प्रमुख शान्ति विश्वकर्माले सोमबार एक सूचना जारी गर्नुहुँदै अत्यावश्यक सेवाबाहेक नियमित कामकाज बन्द गरिने जानकारी गराइएको छ । उपमहानगरपालिकाको आधिकारीको अवलोकन भ्रमणका लागि पूर्वी नेपालको इलाम जिल्लामा पुगेका लोप्चनको आइतबार निधन भएको थियो ।