गुगल तस्विर ।

हेटौँडाः उदयपुर जिल्लाका भोजबहादुरको करेन्ट लागेर मृत्यु भएको छ भने गोरखा जिल्लाकी सरस्वतीको नारायणी नदिमा हाम्फालेर मृत्यु भएको छ ।

शनिबार उदयपुर जिल्लाको गढी गाउँपालिका–७ का ३२ वर्षीय भोजबहादुर खड्काको रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-१, हाकुमा करेन्ट लागेर भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । गोर्खा जिल्लाको सिरानचोक-५ घर भई हाल भरतपुर महानगरपालिका–७ मा डेरा गरी बस्ने ३८ वर्षीय सरस्वती गैरेको नारायणी नदीमा हाम फाल्दा मृत्यु भएको हो ।