हेटौंडाः हेटौंडामा जारी प्रथम समाज कल्याण कप फुटबल प्रतियोगिताको उपाधि आयोजक समाज कल्याण ‘ए’ले जितेको छ । शनिबार हेटौंडा–१४, मयूरधाप कालापानी मैदानमा भएको फाइनल खेलमा आयोजक समाज कल्याण ‘ए’ले सगरमाथा युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

समाज कल्याण ‘ए’को तर्फबाट माइसन वाइबाले पहिलो हाफको १६ औं मिनेटमा र सगरमाथाको तर्फबाट पहिलो हाफको १२ मिनेटमा युवराज तामाङले गोल गरेका थिए । आयोजक टिमले दोस्रो आत्माघाति गोल प्राप्त गरेका थिए । खेलको म्यान अफ द म्याच आयोजक समाज कल्याण ‘ए’बाट माइसन वाइबा घोषित भए ।

प्रतियोगितामा वियजी आयोजक टिमले ३० हजार रुपैयाँ र उप–विजयी सगरमाथाका टिमले १५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । १६ टिमको सहभागिता रहेको प्रतियोगितामा करिब २ लाख रुपैया“ खर्च भएको खेल आयोजक तथा हेटौंडा उपमहानगपालिका वडा नम्बर १४ का बाल सञ्जाल अध्यक्ष सस्मीत ढकालले जानकारी दिनुभयो ।