सांकेतिक तस्विर ।

हेटौँडाः रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–२, ठोसेबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दोलखा जिल्लाको जिरी नगरपालिका–८ का २८ वर्षीय मिलन खत्री रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार जिरीबाट ठोसेतर्फ सिमेन्ट लिई जाँदै गरेको ग २ ख ०१८७ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२१ प ०२२६ नम्बरको मोरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी खत्रीको निधार, बायाँ घुँडा मुनी र ढाडमा चोट लागेको थियो । खत्रीलाई उपचारका लागि जिरी अस्पतालमा लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं पठाइएकोमा आइतबार बिहान १ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक र टिपर प्रहरीको नियन्त्रणमा रहेको छ ।