हेटौंडाः समाज कल्याण क्लबको आयोजनामा बुधबारबाट हेटौंडा–१४, मयूरधापस्थित कालापानी खेलमैदानमा समाज कल्याण कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम एफसी समाज कल्याणले विजयी सुरुवात गरेको छ ।
उदटन खेलमा समाज कल्याण क्लबले एफसी हिमचुलीलाई १–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । समाज कल्याणको तर्फबाट माइसन थोकरले दोस्रो हाफको ४२ औं मिनेटमा गोल गर्दै टिमलाई विजयी गराएका थिए । माइसन थोकरले गरेको गोल निर्णायक गोल भयो ।

उद्घाटन खेलको म्यान अफ द म्याच सोहन गोले घोषित भए । वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको थियो । बिहीबार पहिलो खेल २ बजे एफसी सप्तरङ्गी र वाइल्ड टाइगर एफसीबीच हुनेछ भने दोस्रो खेल ४ बजे युफी युनाइटेड र नमो बुद्ध एफसीबीच हुनेछ ।
प्रतियोगितामा १६ वडा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजयी टिमलाई ३० हजार रुपैयाँ र उप–विजेतालाई १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल आयोजक तथा हेटौंडा उपमहानगरपालिका वडा–१४ का बाल सञ्जाल अध्यक्ष आरिस ढकालले जानकारी दिनुभयो । प्रतियोगिता आयोजनाका लागि १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको ढकालले बताउनुभयो ।