हेटौंडाः हेटौंडा अस्पतालमा २ डाईलासिस मेसिन थप भएको छ । बड्दै गएको मृगौलाका बिरामिको डाईलासिस सेवालाई थप प्रभावकारी बनाउन हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पतालमा २ वटा मेसिन थप गरेको हो ।
आरोग्य फाउन्डेसनद्धारा चुरेहिलमा सञ्चालनमा रहेको डाईलासिस सेवा बन्द हुने अवस्थामा पुगेपछि उपमहानगरले आरोग्यबाट सेवा लिदै आएका २२ जना बिरामिलाई सेमत उपचार सुविधा दिने गरि मेसिन ल्याएको हो । सोमबार हेटौंडा उपमाहानगरपाकिलाका मेयर मिना कुमारी लामाले डाईलासिस मेसिनको सुभारम्भ गर्नुभएको हो । हेटौंडा अस्पतालमा आजबाट १३ वटा डाईलासिस् मेसिन सञ्चालनमा आएको छ भने एक मेसिन मर्मतको अवस्थामा रहेको छ ।
विभिन्न संस्था र फउनडेसनसँग समन्वय गरेर चुरेहिलमा बन्द रहेको मेसिन हेटौंडा अस्पतालमा सञ्चालनमा ल्याइएको मेयर लामाले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका स्वास्थ्य, शिक्षामाको क्षेत्रमा सदैव लागि पर्ने बताउँदै बच्चा जन्मदा राख्ने एउटा एन आईसियु नभएको अवस्थामा भवन निर्माण गरि सेवा ग्राहीलाई सेवा उपलव्ध गरानुपर्नेमा मेयर लामाले जोड दिनुभयो । हेटौंडा अस्पतालमा अझै प्रतिदिन ४५ जना बिरामी डाइलेसिसको लागि कुरेर बस्नुपरेको अवस्था रहेको हेटौंडा अस्पतालका सञ्चालक समितिका अध्यक्ष राजेस प्रसाईंले जानकारी गराउनुभयो । आगामी दिनमा प्रतिदिन एक सयको संख्यामा बिरामीको उपचार गर्न आवश्यक रहने अवस्था आउने बताउँदै उपमहानगरपापिलकाले मृगौला फेल हुने विषयमा अनुशन्धान गर्नआवश्यक रहेको जनाकारी गराउनुभयो । खानपान र धैरै औषधि जन्य पदार्थ सेवनबाट मानिसको मृगौलामा समस्या आउने भएकाले यस्ता कुरामा नियन्त्रण गर्न स्थानिय तह लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईले बताउनुभयो ।











