हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–४, फिर्केपाखास्थित ज्वालादेवी आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा राजाराम मोक्तान चयन हुनुभएको छ । शनिबार बिहान भएको बैठकले मोक्तानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको विद्यालयका प्रधानाध्यापक सरोज फयलले जनाकारी दिनुभयो ।
समितिमा वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, सदस्यसचिव सरोज फयाल र शिक्षक प्रतिनिधि ईन्द्रप्रसाद चौलागाई रहनु भएको छ । यस्तै, सदस्यहरुमा लीलाबहादुर थापा, दिलमाया भुलुन, चमेली शाही ठकुरी, सर्कलाल लो र भगवती सापकोटा गरी ८ जनाको कार्यसमिति यस अघिको भेलाले नै सर्वसम्मत पारित गरेको उहाँले जनाकारी दिनुभयो ।
गत जेठ २६ गते बसेको विद्यालयको अभिभावक भेलाबाट निर्वाचित भएका र ३१ गतेको बैठकले २ जना अध्यक्षमा आकांक्षीलाई छनोट गरिएको थियो । विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य एवम् वडा अध्यक्ष, शिक्षक प्रतिनिधि र सदस्यसचिव (प्रधानाध्यापक) सहितको समितिको बैठकबाट मोक्तानलाई अध्यक्षको कार्यभार प्रदान गरिएको प्रधानाध्यापक फयालले जानकारी दिनुभयो ।