गुगल तस्वीर ।

हेटौंडाः नेपाल–भारत सम्बन्धमा फेरि एकपटक सीमाको विवाद गम्भीर बनेको छ । भारतले नेपाली भूमिमा अनधिकृत रुपमा सडकको ट्र्याक खोलेपछि विवाद सिर्जना भएको छ । नेपालप्रति भारतको हेपाहा व्यवहार लामो समयदेखि जारी छ । यसर्थ भारतप्रति आम नेपालीको धारणा नकारात्मक छँदैछ । पछिल्लो घटनाले थप नकारात्मक बनेको छ । यता नेपालले आफ्नो भूमि दावी गर्दै नयाँ नक्सा जारी गर्नुलाई सकारात्मक पाटोको रुपमा लिइएको छ । यसै सन्दर्भमा मातृभूमिको विषयलाई लिएर साहित्यकार वत्सराज कोइरालाले हाइकु रचना गर्नुभएको छ । कोइरालाका मुलुक समर्पित केही हाइकूहरु…

वत्सराज कोइराला

हाम्रो पिरलो
सन्निकट बसेको
ढाडे बिरालो

हेपाहा नीति
मिचाहा छ प्रवृत्ति
फाँसिस्ट सोच

सदा आघात
सार्वभौम सत्तामा
खुनी नजर

मिलेर बचाऔं
नेपाली स्वाभिमान
माटो बोल्दछ

एउटै बोली
सबैको हुनुपर्छ
ऐक्यबद्धता

राष्ट्रभक्तिको
गर्नुछ जयगान
हामी साराले