हेटौँडाः हेटौँडामा शुक्रबारदेखि शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले आयोजाना गरेको प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्ष वेश खड्गीको प्रमुख आतिथ्यमा भएको हो । उद्घाटन खेल भुटनदेवी मावि र नवोदय शिशु सदनबीच भएको थियो ।
नवोदयले भुटनदेवीलाई २–० को सोझो सेटले पराजित ग¥यो । नवोदयले २५–१५ र २५–१० ले भुटनदेवीलाई पराजित गरेको हो । दोस्रो खेल हेटौँडा–८, कमानेस्थित कमाने एकेडेमी र हेटौँडा–१६ हटियास्थित जनप्रिय माविबीच भएको थियो । जनप्रियले पनि कमानेलाई २–० सेटले पराजित गरेको छ । जनप्रियले कमानेलाई २५–१५ र २५–९ को सेटले पराजित गरेको हो ।
हेटौँडा उपमहानगर क्षेत्रका १५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेताले ३० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार र सेमफाईनलमा हार्ने खेलाडीलाई रु १५ १५ रकम हजार प्रदान गरिने खेलकुद संयोजक राजाराम पोख्रेलले बताउनु भएको छ ।