हेटौँडाः हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आज मंगलबारदेखि दोस्रो विजय युथ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । विजय युथ क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा एफसी विजय युथ र अग्रसर यूथ क्लब भिड्दैछ ।
प्रतियोगितामा हेटौँडा फुटबल एकेडेमी, विजय यूथ क्लब, हटिया भेट्रान्स क्लब, ढल्केजोवन एफसी, रिगल हेटौँडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लब, एफसी विजय यूथ, अग्रसर यूथ क्लब, समाज कल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लब, चौकीटोल यूथ क्लब, पशुपति युवा क्लब, हेटौँडा फुटबल एकेडेमी ए गरी १६ वटा टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विजय यूथ क्लबका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिनुभएको छ । प्रतियोगिता आयोजनाका लागि १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ ।