Home मुख्य समाचार नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो, आज २१ जना घर फर्के

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो, आज २१ जना घर फर्के

हेटौंडाः नेपालमा कोरोना संक्रमित हुने मानिसको संख्या ५०७ पुगेको छ । आज बिहान र दिउँसो गरी ५० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको हो । संक्रमित मध्ये पुरुष ४३३ जना र महिला ७४ जना रहेका छन् ।

आज बिहान ३० जना र केहीबेर अघि नियमित पत्रकार सम्मेलनमा २० जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । संक्रमित मध्ये आज मात्रै २१ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भई घर फकिएका छन् । हालसम्म कोरोना भाइरसबाट संक्रमित भएका ७० जना निको भइसकेका छन् भने ३ जनाको ज्यान गएको छ ।

Exit mobile version