गुगल तस्विर ।

हेटौँडाः सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवामा अचानक पेट दुखी विमारी हुँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी २१ वर्षीय बिनिता राई सार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिनिता सोमबार दिउँसो २ बजेको समयमा एक्कासी पेट दुखेपछि उपचारका लागि काभ्रे जिल्लाको भुम्लु गाउँपालिका–१०, दोलालघाटस्थित दोलालघाट पोलिक्लिनिक लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।