हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१५ मा बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ५० वर्षीय वीरेन्द्र राउत रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार दिउँसो ३ बजेको समयमा जानकी चोकमा ना ३ च ११९ नम्बरकोे बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार ४१ वर्षीय राज कुमार नेपाली र राउत दुवै घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा ४ बजेको समयमा राउतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।