Home मुख्य समाचार एक मिटरको दुरी कायम गर्दै प्रदेश सभाको बैठक सञ्चालन गरिने

एक मिटरको दुरी कायम गर्दै प्रदेश सभाको बैठक सञ्चालन गरिने

हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको बैठक यहि १२ गते बस्ने पक्कापक्की भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जेठ १२ गते बस्ने बैठकको तयारी भैरहेको जानकारी दिनुभयो । जोेखिम भएका जिल्लाहरुबाट प्रदेशसभाका सांसदहरु बैठकमा सहभागि हुन आउने भएका कारण आवश्यकता र ट्राभल हिस्ट्रको आधारमा सांसदहरुको पिसिआर विधिबाट कोरोना परीक्षण हुने भएको छ ।

सबै सांसदहरुको पिसिआर विधीबाट कोरोनाको परीक्षण आवश्यक नपर्ने भन्दै आवश्यकता र उनीहरुको ट्राभल हिस्ट्रीको आधारमा सांसदहरुको परीक्षण गरेरमात्र बैठकमा सहभागि गराइने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । बैठकमा मर्यादापालक बाहेक पत्रकार र दर्शकदीर्घा कटौती गरिएको छ । १ मिटरको दुरी कायम गरी हाउस संचलान गरिने भएपछि मिडिया स्टेशन संचालन गरी लाइभ प्रसारण गर्नेबारे छलफल भैरहेको उहाँले बताउनुभयो । मिडिया स्टेशनबारे प्रदेश पत्रकार महासंघ र संचार रजिष्टारसँग छलपल भैरहेको सभामुख श्रेष्ठको भनाई छ ।

संक्रमित जिल्लाहरुबाट प्रदेश सांसद आउने भएपछि उनीहरुको ट्राभल हिस्ट्री लिन सामाजिक विकास मन्त्रालयले काम सुरु गरेको सभामुख श्रेष्ठले बताउनुभयो । बैठकमा प्रदेश सांसद बाहेक उनीहरुको पिए, गार्डलाई पनि छिर्न नदिइने भएको छ । प्रहरीहरुलाई पनि के गर्ने सम्बन्धमा छलफल भैरहेको छ । सभामुख श्रेष्ठका अनुसार अब बस्ने बजेट अधिवेशनमा कति दिन छलपल हुने भन्न नसकिने अवस्था रहेको बताउनुभयो । छोटो हुनसक्ने पनि जनाइएको छ । अबको अधिवेशनमा बजेट सम्बधी छलफलका साथै, प्रदेश प्रहरी विधेयक, सुशासन विधेयक, प्रदेश अन्तर सम्बन्ध विधेयकहरु आउनसक्ने सभामुख श्रेष्ठले बताउनुभयो ।

फरक प्रसङ्गमा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अहिलेको परिस्थितीमा प्रदेशमा कोरानोको संक्रमण फैलन सक्ने भन्दै परीक्षणको दायरा पनि बढाउदै लैजानुपर्ने बताउनुभयो । उहाँले अहिलेको समयमा प्रदेशबासीहरुले नियमको पालना गर्नुपर्ने बताउनुभयो । कोरोनासँँग लड्न भौतिक दुरी कायम राख्नुपर्ने भन्दै लकडाउनको पूर्णरुपमा पालना गर्न प्रदेशबासीहरुमा आग्रह समेत गर्नुभएको छ ।

Exit mobile version