Home मुख्य समाचार हेटौंडा उपमहानगरका १३ वटा वडामा आज एकसाथ नियमित खोप कार्यक्रम सञ्चालन हुँदै

हेटौंडा उपमहानगरका १३ वटा वडामा आज एकसाथ नियमित खोप कार्यक्रम सञ्चालन हुँदै

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका १९ मध्ये १३ वटा वडामा आज एकसाथ नियमित खोप कार्यक्रम सञ्चालन हुँदैछ । आज बिहिबार वडा नम्बर १, २, ३, ६, ८, १०, १२, १४, १५, १६, १७, १८ र १९ नम्बर वडामा खोप कार्यक्रम सञ्चालन हुँदैछ । खोप केन्द्रमा स्वास्थ्य स्वयम्सेविकाहरुले पीपीई लगाएर खोप कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण चैत र बैशाख महिनामा रोकिएको खोप कार्यक्रम जेठ १ गतेबाट सुरु भएको हो । २ वर्षभन्दा कम उमेरका बालबालिकालाई विभिन्न आठ प्रकारका खोप लगाउने कार्यलाई नेपाल सरकारले नियमित खोप कार्यक्रमको रुपमा समावेश गरेको छ । हेटौंडा उपमहानगरपालिकाका सबै वडामा खोप केन्द्र स्थापना गरिएको छ भने ९३ जना स्वास्थ्य स्वयम्सेविका खोप कार्यक्रममा खटिएका छन् ।

Exit mobile version