आकृति सूर्यवंशी

जलवायु परिवर्तनले तापमान र मौसमको ढाँचामा दीर्घकालीन परिवर्तनलाई जनाउँछ । प्रायः जलवायु परिवर्तन प्राकृतिक रूपमा हुन्छ तर आजको सन्दर्भमा मानवीय गतिविधिका कारण जलवायु परिवर्तन भइरहेको छ । मानवीय गतिविधिले जलवायु परिवर्तनको अवस्था बिग्रँदै गएको छ ।

जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । जलवायु परिवर्तनका कारण एउटै राष्ट्र मात्र नभई विश्वले नै सबैभन्दा नराम्रो असर भोगिरहेको छ । यसले देशको सामाजिक, आर्थिक, साँस्कृतिक पक्षलाई असर गरिरहेको छ । विकसित राष्ट्रले जलवायु परिवर्तनको क्षतिलाई न्यूनीकरण गर्न सक्छ तर नेपालजस्ता विकासोन्मुख राष्ट्रका लागि यो धेरै गाह्रो छ ।

नेपाल विकासोन्मुख राष्ट्र हो । हरेक वर्ष ठूलो संकटको सामना गर्नुपर्ने हुन्छ । हामी सबैलाई थाहा छ हाम्रो देश कृषि प्रधान देश हो । ८० प्रतिशतभन्दा बढी मानिस कृषिमा निर्भर छन् । जलवायु परिवर्तनका कारण यस क्षेत्रमा लागेका मानिसहरू विभिन्न समस्याको सामना गरिरहेका छन् । जलवायु परिवर्तनले कृषि क्षेत्रमा नराम्ररी असर गरिरहेको छ । जलवायु परिवर्तनका कारण मनसुन समयमा आउन सकेको छैन । देशका केही स्थानमा भारी वर्षा भइरहेको छ भने केही स्थानमा पानी परेको छैन । दुवै वातावरण गुणात्मक र मात्रात्मक उत्पादनहरूको लागि उपयुक्त छैन ।

जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष बाढी, पहिरोजस्ता विभिन्न प्रकोपको सामना गर्नुपर्ने हुन्छ । हजारौं मानिसले आफ्नो बहुमूल्य जीवन र सम्पत्ति गुमाउनु परेको छ । ठूलो धनजनको क्षति भएको छ । महिला, सीमान्तकृत र आदिवासी जनजातिको जीवनशैली नराम्ररी प्रभावित भएको छ । हिउँ पग्लिएर पानीको बहाव तीव्र बन्दै गएको छ र पानीको सतह बढेको छ । खोलाको छेउमा बसोबास गर्ने मानिसले ज्यान जोगाउन बाध्य छन् ।

तापक्रम दिनानुदिन बढिरहेको छ । तापक्रममा स्थिरता छैन । जाडोमा असह्य चिसो र गर्मीमा असह्य गर्मी हुन्छ । मौसमको यो उतारचढावका कारण धेरैलाई विभिन्न रोग लाग्ने गरेको छ । यसको असर शिक्षा प्रणालीमा पनि परेको छ ।

गर्मीमा असह्य गर्मीका कारण विद्यार्थी वाकवाकी र बान्ताको सिकार भएका छन् । त्यसैले उनीहरु आफ्नो अध्ययनमा ध्यान दिन सक्दैनन् । जलवायु परिवर्तन हाम्रो देशको पारिस्थितिक प्रणाली र जैविक विविधता पनि हो । वन्यजन्तुका लागि अति महत्वपूर्ण सिमसार क्षेत्र खडेरी बन्दै गएको छ । यसले विभिन्न जनावर तथा चराचुरुङ्गीलाई नराम्रो असर गरिरहेको छ ।

संयुक्त राष्ट्रका प्रतिवेदनहरूको एक श्रृंखलामा, हजारौं वैज्ञानिकहरू र सरकारी समीक्षकहरूले विश्वव्यापी तापमानको वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा बढीमा सीमित गर्नाले हामीलाई सबैभन्दा खराब जलवायु प्रभावहरूबाट बच्न योग्य वातावरण कायम राख्न मद्दत गर्नेछ भनी सहमत भएका छन् । नेपाल जलवायु परिवर्तनको महासन्धिको पक्षराष्ट्र हो । हाम्रो देशले कार्बन उत्पादन घटाउने संकल्प गरेको छ । यसबाहेक, सन् २०५० सम्ममा यसले शून्य कार्बन न्यूनीकरण गर्ने संकल्प गरेको छ । मुलुकमा खपत हुने कुल ऊर्जामध्ये १५ प्रतिशत स्वच्छ ऊर्जा र ४५ प्रतिशतलाई वनक्षेत्रले ढाक्ने निर्णय गरेको छ ।

विश्वको हरितगृह उत्सर्जनमा नेपालको योगदान ०.०२७ प्रतिशत मात्र छ तर, जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूको सूचीमा यो चौथो स्थानमा आउँछ । हाम्रो देशको कार्बन उत्सर्जन कम भए पनि हामीले जलवायुको ठुलो असरको सामना गरिरहेका छौँ । यो सब विकसित राष्ट्रबाट हुने कार्बन उत्सर्जनको कारण हो । विकसित राष्ट्रले आफ्नो गतिविधिले जलवायु परिवर्तनमा कसरी योगदान पु¥याइरहेको छ र विकासोन्मुख राष्ट्रहरूका गरिबहरूलाई प्रतिकूल असर पारिरहेको छ भन्ने कुरामा विचार गर्नुपर्छ ।

जलवायु परिवर्तनका परिणामहरू खतरनाक छन् । त्यसैले हामीले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान गर्नुपर्छ । यसका लागि कार्बन उत्सर्जन घटाउनुपर्छ । वन कार्बन उत्सर्जनको उत्कृष्ट अवशोषक हो, त्यसैले वृक्षरोपण र वन क्षेत्र बढाउनुपर्छ । विकसित सहरमा सडक किनारमा वृक्षरोपण गर्नुपर्छ । वन फँडानी र आगलागी घटाउनुपर्छ । हरितगृह ग्यासको उत्सर्जन न्यूनीकरण गर्नुपर्छ । इन्धनको उपभोग गर्नुको सट्टा ऊर्जाको वैकल्पिक स्रोतमा विचार गर्नुपर्छ ।

जलवायु परिवर्तन एकल राष्ट्रको मात्र समस्या होइन । यो विश्वव्यापी समस्या हो । जलवायु परिवर्तनका कारण हरेक राष्ट्र नराम्ररी प्रभावित भएका छन्, त्यसैले हामी सबै मिलेर जलवायु परिवर्तनको समाधानका लागि एक अर्कालाई सहयोग गर्नुपर्छ । जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण र योजनालाई कार्यान्वयन गर्न आवश्यक भएमा विकासोन्मुख राष्ट्रहरूलाई आर्थिक सहयोग उपलब्ध गराउन विकसित राष्ट्र हिचकिचाउनु हुँदैन । जलवायु परिवर्तन संसारको सबैभन्दा ठूलो समस्या हो । यो समस्या दिन प्रतिदिन बढ्दै गएको छ । यदि हामीले यसलाई सकेसम्म चाँडो रोक्न सकेनौं भने, हाम्रो संसारले खतरनाक परिणामहरू सामना गर्नेछ । हाम्रो देश जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित राष्ट्र भएकाले तुरुन्त र बुद्धिमानीपूर्वक कदम चाल्नुपर्छ । यसका लागि सरकारले जिम्मेवार ढंगले काम गर्नुपर्छ, योजना र नीतिहरू कार्यान्वयन गर्नुपर्छ, जनतालाई सचेत गराउनुपर्छ । साथै, अन्य राष्ट्रहरूसँग सुमधुर सम्बन्ध र अन्तरक्रिया हुनुपर्छ ।

(तेस्रो सेमेस्टर, कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन संकाय, हेटौंडा)