हेटौँडाः दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–४ मा सडकमा लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने ५८ वर्षीय केदार दाहाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
दहाल मंगलबार बिहान ११ बजेर ३० मिनेटको समयमा पोखरेस्थित सडकमा लडी घाइते भएका थिए । घाइते दहाललाई उपचारका लागि बैतेश्वर अस्पताल मैनापोखरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको खबर प्रहरीले जानकारी दिएको छ ।