हेटौँडाः सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२, बोहोरेमा ट्याक्टरको इन्जिनले च्यापिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षीय लक्षमण बिक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंगलबार भित्री सडक–खण्डमा बोहोरेबाट गढितर्फ जाँदै गरेको ज १ त ९९४१ नम्बरको ट्याक्टरको टेलर र इन्जिनको बीचको भाग भाँचिन जाँदा इन्जिनले च्यापी ट्याक्टरमा सवार सह–चालक बिकको घटनास्थलमैै मृत्यु भएको प्रहरीले जनाएको छ ।