Home मुख्य समाचार जनप्रिय माविमा निर्वाचन

जनप्रिय माविमा निर्वाचन

मतदान गर्दै एक विद्यार्थी ।

हेटौँडाः हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयमा विद्यालय कप्तान तथा उपकप्तान र हाउस कप्तान तथा उपकप्तान चयनका लागि शुक्रबार निर्वाचन भएको छ ।

विद्यार्थीहरुबाट नै वुथ प्रतिनिधी समेत आमन्त्रण गरी गरिएको मतगणनाको परिणामबाट विद्यालय क्याप्टेनतर्फ बिहान सुवेदी निर्वाचित हुनुभएको छ भने उपकप्तानमा वादल श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसैगरी हाउसकप्तान र उपकप्तान तर्फ रेडहाउसमा क्रमशः राज नेगी र राजन गोले त्यसैगरी ग्रीन हाउसतर्फ सुधा भट्टराई र करिस्ता दाहाल, यल्लो हाउसतर्फ एरिना चौलागाई र रेजिना रसाईली र ब्लू हाउसतर्फ रोजिना धमला र हृदम प्रसाद वैदार निर्वाचित भएका हुन् । विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पनेरुको प्रमुख आतिथ्य तथा प्रधानाध्यापक भुपेन्द्र चौलागाईको अध्यक्षतामा औपचारिक कार्यक्रम सहित निर्वाचनको शुरुवात गरिएको थियो ।

निर्वाचनमा पूरा गर्नुपर्ने सबै प्रक्रियाहरु पूरा गरेर विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान प्रदान गर्न यस्तो निर्वाचन गरिएको प्रधानाध्यापक भुपेन्द्र चौलागाईले जानकारी दिनुभयो । प्रमुख अतिथि पनेरुले विद्यालयले गरेको यस्तो नमूना निर्वाचनले भविष्यमा असल लोकतान्त्रिक अभ्यास सहितको दक्ष नेतृत्व तयार पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नमूना निर्वाचनका लागि विद्यालयले मनोनयन दर्ता, उम्मेदवारी फिर्ता लिने, प्रचारप्रसार र मौन अवधी एवम् मतदान लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरेर तालिकासहित निर्वाचन सम्पन्न गरेको जनप्रिय मिडिया संयोजक सुनिल गौतमले जानकारी दिनुभयो । जसका लागि विद्यालयले ७ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको थियो । प्रधानाध्यापक भुपेन्द्र चौलागाईको संरक्षकत्वमा नमराज अर्यालले नमूना निर्वाचनका लागि प्रमूख निर्वाचन आयुक्त, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले प्रमुख निर्वाचन अधिकृत तथा संप्रस पौडेलले सदस्य सचिवको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा हेटौँडा–१६ का जनप्रतिनिधि संगीता विकको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version