तालिम उद्घाटन कार्यक्रममा सहभागीहरु ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयले महिलाका लागि हलुका सवारी चालक तालिम सञ्चालन गरेको छ । बिहिबार एक कार्यक्रमका बीच तालिमको सुरुवात गरेको हो । १५ दिनको हलुका सवारी चालक तालिममा विपन्न, दलित, सीमान्तकृत, एकल महिलालाई सहभागी गराइएको छ ।

हलुका सवारी चालक तालिम लिएर स्वरोजगार हुने अवसर प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । तालिमको प्राविधिक सहयोग स्थानीय पायोनियर मल्टिपर्पस ड्राइभिङ सेन्टरले गर्नेछ । तालिमको उद्घाटन कार्यक्रममा वडाअध्यक्ष जुना दाहाल, वडासदस्य सञ्जय विडारी, विकास नेपाल, गोेपिनी सपाकोटा र टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको उपस्थिति रहेको थियो ।