हेटौँडाः हेटौँडा–५ स्थित ज्ञानदीप बहुद्देश्यीय सहकारी सहकारी संस्था लिमिटेडको अध्यक्षमा ऋषिराम उपाध्याय पोखरेल निर्वाचित हुनुभएको छ । बुधबार भएको निर्वाचन कार्यक्रममा २ सय ३९ मतसहित पोखरेल निर्वाचित हुनुभएको हो । अध्यक्षका प्रत्यासी गोविन्दप्रसाद चौलागाई १ सय ३० मत प्राप्त गर्नु भई पराजित हुनुभयो । कुल ५ सय ९६ मतदातामध्ये ३ सय ८० मत खसेको थियो ।
सहकारीको उपाध्यक्षमा राजेशप्रसाद घिमिरे (२०१ मत) निर्वाचित हुनुहुँदा रामप्रसाद गजुरेल (१५१ मत) पराजित हुनुभयो । सचिवमा लिलानाथ ढुङ्गेल (२३५ मत) निर्वाचित हुनुहुँदा दीपक खड्का (१२५ मत) पराजित हुनुभयो । कोषाध्यक्षमा मोहनप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभयो । यस्तै सदस्यमा खिलप्रसाद बराल (३१४ मत), जनकराज पन्त (२३९ मत), सरस्वती ढकाल (२२५ मत), रमिलाकुमारी सापकोटा (२०८ मत), गमला राजभण्डारी (१८८ मत), लक्ष्मी दुलाल (१८० मत) र श्रीराम दहाल (१७९ मत) निर्वाचित हुनुभएको छ ।
लेखा समितिको संयोजकमा गौतम केसी सर्वसम्मत निर्वाचित हुनुभयो भने लेखा समिति सदस्यमा मिलन दुलाल (२४५ मत) र वासुदेव रिजाल (२३५ मत) विजयी हुनुभएको छ । सहकारीले ज्ञानदीप शिक्षा (जिएस) निकेतन सञ्चालन गर्दै आएको छ । सहकारीमार्फत सञ्चालन हुँदै आएको विद्यालय जिल्लाकै आकर्षक विद्यालयको रुपमा रहेको छ ।