Home खेलकुद महिला फुटबलमा सिन्धुली फाइनलमा

महिला फुटबलमा सिन्धुली फाइनलमा

दोस्रो सेमिफाइनल खेलमा काठमाडौं र चितवनको खेल ।

हेटौँडाः बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा सिन्धुली जिल्ला फाइनलमा प्रवेश गरेको छ। हेटौंडा–६ स्थित गौरिटार रंगशालामा आज दिउँसो सम्पन्न पहिलो सेमीफाइनल खेलमा नुवाकोटलाई ३–० गोलअन्तरले पराजित गर्दै सिन्धुली फाइनल प्रवेश गरेको हो।

सिन्धुलीलाई सहज जित दिलाउने क्रममा रचना लोले चौथो मिनेटमा गोल गरिन् । आठौं मिनेटमा सेनिका परियारले दोस्रो गोल गरिन् । पहिलो हाफमा २–० गोलअन्तरले अगाडि रहेको सिन्धुलीले दोस्रो हाफमा थप एक गोल गर्यो । सिन्धुलीका लागि वितिसा बम्जनले ५६औं मिनेटमा तेस्रो गोल गरिन् ।

अहिले दोस्रो सेमिफाइनल खेल काठमाडौं र चितवन बीच भइरहेको छ । महिला फुटबलमा ललितपुर, सिन्धुपाल्चोक, रसुवा र दोलखा जिल्ला महिला फुटबलमा सहभागी छैन ।

Exit mobile version