हेटौँडाः बागमती प्रदेश खेलकुद प्रतियोगितामा पहिलो सहभागितामै मकवानपुरकी दिना गोपालीले दुई स्वर्ण र एक कास्य पदक जितेकी छिन् । मंगलबार र बुधबार सम्पन्न एथ्लेटिक्सतर्फ १०० मिटर र २०० मिटरमा स्वर्ण जितेकी दिनाले १०० गुणा ४ रिलेमा कास्य पदक जितेकी हुन् । यस्तै दिनालाई एथलेटिक्सतर्फ उत्कृष्ट खेलाडी घोषित गरिएको छ।
मकवानपुरको थाहा नगरपालिकाकी दिना ८ कक्षामा अध्ययनरत छात्रा हुन् । थाहा नगरपालिका–६, बज्रबाराहीस्थित इअन इंग्लिस एकेडेमीकी छात्रा दिनाले यसअघि जिल्ला र प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् ।










