फाईल तस्विर ।

हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुने मनहरी गाउँपालिका–७, सुनाचुरीकी ७१ वर्षीया मनमाया थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मंगलबार राती १ बजेर ५५ मिनेटको समयमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख १७४० नम्बरको यात्रुबाहक बसले वृद्धालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी थिङलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोेमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।