
हेटौँडाः हेटौँडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोवाइल बैंकिङ सेवा सुरु गरेको छ । सोमबार एक कार्यक्रमका बीच सहकारीले मोवाइल बैंकिङ सेवा सुरु गरेको हो । सहकारीका अध्यक्ष फुलमान श्रेष्ठको अध्यक्षता तथा वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यमा मोवाइल बैंकिङ सेवा सुरु गरेको हो ।
सेयर सदस्यको सुविधाका लागि सहकारीले मोवाइल बैंकिङ सेवा सुरु गरेको व्यवस्थापक राजेश श्रेष्ठले जानकारी दिनुभयो । मोवाइल बैंकिङ सेवासँगै सेयर सदस्यले विद्युत, पानी, टेलिफोनको महसुल अनलाइनमार्फत नै भुक्तानी गर्ने सुविधा रहने उल्लेख गर्नुहुँदै व्यवस्थापक श्रेष्ठले भन्नुभयो, “सेयर सदस्यले आफ्नो खातामा भएको पैसा मोवाइल मार्फत नै खर्च गर्न सक्ने भएकोले नगदरहित कारोबारलाई प्रोत्साहित गर्ने र सदस्यलाई किनमेलमा पनि सहज हुने विश्वास गरेका छौं ।”
२ हजार १ सय ५० जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी २ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको छ । यस्तै सहकारीले २० करोड ७१ लाख रुपैयाँ बचत संकलन गरेको छ भने २० करोड ८२ लाख रुपैयाँ ऋण लगानी गरेको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभएको छ ।