हेटौंडाः महिला ‘७’ ए साइड फुटबल प्रतियोगिताको २ खेल सम्पन्न भएको छ । हेटौंडामा जारि महिला खेल महोत्सवको अन्तिम दिन शनिबारको पहिलो खेलमा फुटबल एकेडेमी रातो समुहले रग्बी फुटबल समुहलाई ३–१ गोल अन्तरले हराएको छ । रग्बी समुहलाई हराउँदै एकेडेमी रातो समुह विजयी भएको हो ।
महिला ‘७’ ए साइड फुटबल प्रतियोगितामा ५ समुहको सहभागीता रहेको छ । दोस्रो खेलमा ८ नम्बर वडा समूहलाई र योङ लेडी फुटबल समुहले हराएको छ । योङ लेडीले ८ नम्बरलाई ७–० गोल अन्तरले पराजित गरेको हो । तेस्रो खेलमा फुटबल एकेडेमी रातो समुह र फुटबल एकेडेमी निलो समुह बिच प्रतिस्पर्धा भईरहेको छ । प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।











