हेटौँडाः हेटौँडा–१३, पदमपोखरीस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बाँसको सामग्री बनाउने तालिम सुरु भएको छ । घरेलुु तथा साना उद्योग कार्यालय हेटौँडाको आयोजना तथा महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा तालिम सुरु भएको सहकारी संस्थाकी अध्यक्ष विष्णुमाया लामाले जानकारी दिनुभयो ।
तालिम मंगलबारदेखि सुरु भएको हो । जेठ १७ गतेसम्म सञ्चालन हुने तालिममा सहकारीका २१ जना शेयर सदस्यहरु सहभागी छन् । तालिममा बाँसबाट बन्ने फोटो फ्रेम, बाँसको मुडा, पेन स्ट्याण्डजस्ता सामग्रीहरु बनाउन सिकाउने उहाँले जानकारी दिनुभयो ।