प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको बाह्रौ अधिवेशन आव्हान गरिएको पत्र ।

हेटौँडाः बागमती प्रदेश सरकारले प्रदेश सभाको बाह्रौ अधिवेशन आव्हान गरेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार सुचना जारी गर्दै अधिवेशन जेठ ९ गते दिनको १ बजेका लागि आव्हान गर्नुभएको हो ।

बागमती प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बैठक आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद् सिफरिसमा प्रमुख शर्माले अधिवेशन आव्हान गर्नु भएको हो । अधिवेशनमा प्रि बजेटको विषयम संसदमा छलफल हुने बागमती प्रदेश सभाका सचिव कृष्णहरी खड्काले जानकारी दिनुभयो । अधिवेशनमा प्रदेश प्रमुख शर्माले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नुहुने छ ।