Home मुख्य समाचार एकैदिन दुईजना मृत फेला

एकैदिन दुईजना मृत फेला

गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशमा एकै दिन २ जना मृत फेला परेका छन् । आइतबार प्रदेशको चितवन र काभ्रेपलाञ्चोक जिल्लामा एक–एक जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ सिमलतालमा एक जना पुरुषको शव फेला परेको छ । आइतबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा त्रिशुली नदी किनारमा पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव सडेर गलिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव मुचुल्का पश्चात पोष्टमार्टमको लागी जिल्ला अस्पताल भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

यस्तै, काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४ मा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा मण्डनदेउपुर नगरपालिका–१० का मागी हिँड्ने ५५ वर्षीय गर्जे तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङ आइतबार सोही स्थानको सालघारी जंगलको सडक छेउमा मृत अवस्थामा फेला परेका थिए । शव मुचुल्का पश्चात पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Exit mobile version